सिद्धार्थ बैंकको १ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


सिद्धार्थ बैंकले १ लाख १४ हजार ८१३ कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको छ ।

बैंकले संस्थापक सेयरधनीहरु विनोद कुमार खेतानको नाममा रहेको १ लाख ४ हजार ८१३ कित्ता सेयर र सुधा अग्रवालको नाममा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले पहिलो चरणमा विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक संस्थापकहरुले आज (चैत १४) देखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाण्डौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्ने सूचनामा उल्लेख छ ।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीको आवेदन नआएमा मात्र शेयरधनी भन्दा बाहिरका व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।