बिपिडब्लु लघुवित्तको सेयर रजिष्ट्रारमा मेगा क्यापिटल नियुक्त

0
Shares

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेको सेयर रजिष्टारमा मेगा क्यापिटल नियुक्त भएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको सेयर रजिष्ट्रेसन सम्बन्धी सम्पूर्ण काम गर्न मेगा क्यापिटल मार्केट्स त्रिपुरेश्वलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच सेयर रजिष्टार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको हो । सम्झौता बिपिडब्लु लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटल लिमिटेडका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा मेगा क्यापिटल मार्केट्सका मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरीराज पोखरेल र मर्चेन्ट बैकिङ्ग इन्चार्ज मनिषा दाहाल उपस्थिति थिए । यो सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्न र सेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्केटस् लिमिटेड मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

लघुवित्त कम्पनीले फागुन १८ देखि २३ गतेसम्म सर्वसाधारणमा सेयर जारी गरेर चैत ३ गते शुक्रबार बाँडफाँड गरेको थियो । कम्पनीको आईपीओ ८ हजार ९५ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् ।

कम्पनीले जारी पुँजी ३ करोडको ३२.३३ प्रतिशतले हुन आउने कुल ९७ हजार कित्ता सेयर जारी गरेको हो । जसमा वैदेशिक रोजगारीमा रहेकाहरुलाई ९हजार ७०० कित्ता, कर्मचारीलाई १ हजार ५०० कित्ता र सामुहिक लगानी कोषहरुका लागि ४ हजार ८५० कित्ता सेयर बाँडफाँड गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।