सुनको भाउ सामान्य घट्दा चाँदीको बढ्यो


नेपाली बजारमा छापावाला सुनको भाउ ३ सय रुपैयाँले घटेको छ ।

बुधबार १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले घटेर १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन हिजो १ लाख ८ हजार रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी आज १० रुपैयाँले वृद्धि भएको छ । हिजो १ हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९६०.९९ र चाँदी प्रतिऔंस २३.३९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।