जीवन विकास र एनएमबि लघुवित्तको लाभांश पाउन आजसम्म सेयरधनी बन्नैपर्ने

0
Shares

जीवन विकास लघुवित्त र एनएमबि लघुवित्तको प्रस्तावित लाभांश पाउन आज अर्थात चैत १६ गते बिहीबारसम्म सेयरधनी बन्नैपर्ने देखिएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुबै लघुवित्तले चैत १७ गते शुक्रबार बुकक्लोज गर्दैछन्। प्रस्तावित लाभांश पाउन बुकक्लोजको अघिल्लो दिनसम्म सेयरधनी बन्नैपर्छ ।

जीवन विकास लघुवित्तले चुक्ता पुँजीको १४.२८५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०।७१४ प्रतिशतका दरले नगद वितरणको प्रस्ताव गरेको छ । यस्तै एनएमबि लघुवित्तले चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न जीवन विकास लघुवित्तले चैत ३० गते केन्द्रीय कार्यालय, कटहरी २, मोरङ्गमा साढे १० बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी, एनएमबि लघुवित्तले लाभांश तथा मर्जर तथा एक्वीजिसन कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु राखेर वैशाख १५ गते, शुक्रबार, सिटी स्क्वायर प्रालि, न्यूरोड, पोखरामा दिउँसो साढे १२ बजे दशौँ वार्षिक साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।