अब व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै


काठमाडौँ । व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै हुने भएको छ ।

श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार स्थानिय तहबाटै आवेदन दिने व्यवस्था गर्ने निर्णय गरेका हुन् ।

वैदेशिक रोजगारलाई थप व्यवस्थित र मर्यादित बनाउन वैशाख १ गतेदेखि नै ७५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेले व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको फारम स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत भर्न सकिने बताए ।
अब स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने मन्त्रालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय श्रमिकको हक हितका लागि विभिन्न कार्यहरू गर्दै आएको छ ।
केही दिन अघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यको शुभारम्भ गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।