स्वस्तिक लघुवित्तको खुद नाफा ८४ प्रतिशत घट्यो

0
Shares

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले ८३.९९ प्रतिशतले खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  साढे दुई महिना ढिला गरी सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासमा कम्पनीले १३ लाख ९२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ८६ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लाहान सिराहामा केन्द्रीय कार्याल रहेको प्रदशेस्तरीय लघुवित्त स्वस्तिक लघुवित्त वित्तीय संस्थाले पुस मसान्तसम्ममा ३६ करोड ६९ लाख सापटी र १४ करोड १ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरि ५७ करोड ५९ लाख ३९ हजार कर्जा परिचालनबाट १ करोड ५१ लाख ३४ हजार खुद ब्याज आम्दानी गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ करोड १३ लाख ७२ हजार थियो । खुद ब्याज घटेसँगै कम्पनीको सञ्चालन नाफा र खुद नाफा पनि घटेको हो ।

साधारण सेयर जारी नगरेको यस लघुवित्तको चुक्ता पूँजी ३ करोड ४६ लाख ५० हजार छ भने जगेडा कोषमा २ करोड ७१ लाख ९९ हजार रुपैयाँ रहेको छ । पुससम्मसम्ममा कम्पनीको निष्कृय कर्जा अनुपात १.५० बाट बढेर ७.८४ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७८.५० रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।