सुनको भाउमा १ हजार रुपैयाँले वृद्धि


नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९८०.५४ र चाँदी प्रतिऔंस २३.८९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।