नेपाल लाइफको बुकक्लोज बिहीबार, आज शेयर किन्नेले मात्र पाउँछन् लाभांस


नेपाल लाइफ इन्स्योरेन्सले साधारण सभा प्रयोजनका लागि बिहीबार बुकक्लोज गर्दैछ । आज अर्थात मंगलबारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउने छन् । साथै कम्पनीले प्रस्ताव गरेको ४८.५ प्रतिशत लाभांश सुरक्षित गर्न पनि मंगलबारसम्ममा शेयर किनिसक्नु पर्छ ।
१९ औं वार्षिक साधारण सभाका लागि बैशाख १९ गते बुकक्लोज हुने भए पनि बुधबार सार्वजनिक विदा परेको छ । जसका कारण मंगलर लाभांस सुरक्षित गर्ने अन्तिम दिन हो ।
इन्स्योरेन्सले आगामी जेठ ४ गते शनिबारका दिन बीरगञ्जस्थित होटल दियालोमा बिहान साढे ९ बजे साधारण सभा बोलाएको छ ।
साधारण सभाले २५ प्रतिशत बोनस शेयर र २३.५० प्रतिशत नगद लाभांश गरी ४८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गराउने छ ।