नेशनल माइक्रोफाइनान्सले तोक्यो साधारण सभा र बुकक्लोजको मिति


नेशनल माइक्रोफाइनान्स लघुवित्तले वैशाख १५ गते साधारण सभा आह्वान गरेको छ ।

चैत १२ गते बसेको सञ्चालक समितिको १४४ औं बैठकले २०८० साल बैशाख १५ गते शुक्रबार धादिङ्ग क्रिक रिसोर्ट, धादिङबेशीमा सभा बोलाउने निर्णय गरेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने बोनश सेयर जारी गरी संस्थाको चुक्ता पूँजी बढाउने प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८\७९ को बार्षिक प्रतिबेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक बर्ष २०७८\७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने छ ।

साथै सभाले लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने छ । लघुवित्त कम्पनीले साधारण सभा प्रयोजनको लागि २०८० साल बैशाख ४ गतेदेखि बैशाख १५ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार बैशाख ३ गतेसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहेको सेयरधनीहरुले मात्र साभारण सभामा भाग लिन पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।