मंगलबार सबैजसो विदेशी मुद्राको भाउ बढ्यो


नेपाल राष्ट्र बैंकले मंगलबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर भाउ २७ पैसाले बढेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको थियो भने आज खरिद दर १३१ रुपैयाँ ४४ पैसा र बिक्री दर १३२ रुपैयाँ ०४ पैसा रहेको छ ।

यस्तै हिजो एकको खरिद दर ८७ रुपैयाँ ७० पैसा र बिक्री दर ८८ रुपैयाँ १० पैसा रहेको अष्ट्रेलियन डलर आज भने ७४ पैसाले बढेर खरिद दर ८८ रुपैयाँ ४४ पैसा र बिक्री दर ८८ रुपैयाँ ८४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै आज युरोको भाउ खरिद दर १४२ रुपैयाँ ८८ पैसा र बिक्री दर १४३ रुपैयाँ ५३ पैसा रहेको छ । हिजो युरो एकको खरिद दर १४२ रुपैयाँ २० पैसा र बिक्री दर १४२ रुपैयाँ ८५ पैसा रहेको थियो ।

यता हिजो खरिद दर १६१ रुपैयाँ ८० पैसा र बिक्री दर १६२ रुपैयाँ रहेको बेलायती पाउण्ड आज एकको खरिद दर १६२ रुपैयाँ ५४ पैसा र बिक्री दर १६३ रुपैयाँ २८ पैसाका कारोबार भइरहेको छ ।

यस्तै हिजो कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको थियो भने आज १५ पैसाले बढेर खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७४ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ८८ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ०४ पैसा र बिक्री दर ३५ रुपैयाँ २० पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार  ०६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।