साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

0
Shares

साउदी अरबको ऊर्जा मन्त्रालयले मे देखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ ।

पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक) का केही अन्य देशहरू र सहयोगको घोषणापत्रमा ओपेक सहभागी नभएका देशहरूको समन्वयमा उत्पादन कटौती गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वैच्छिक कटौती ३३ औं ओपेक र गैर–ओपेक मन्त्रीस्तरीय बैठकमा सहमति भएको उत्पादनमा अतिरिक्त कटौती हो ।

मन्त्रालयले यो निर्णय विश्वव्यापी तेल बजारको स्थिरतालाई समर्थन गर्ने उद्देश्यले सावधानीको उपाय भएको जनाएको छ ।

सेप्टेम्बर २०१८ को एक प्रतिवेदन अनुसार विश्वको तेल उत्पादनको ४४ प्रतिशत र ८१.५० प्रतिशत प्रमाणित तेल खानी भएकाले विश्वको तेल बजारको मुल्यमा ओपेकको ठूलो प्रभाव रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।