ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ ।
वर्षा राउतद्वारा रेड्मी नोट १२ सिरिज, आज ताम्राकार हाउसमा लन्च हुने भएको होे । यस वर्ष रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५ जी गरि दुईवटा फोनहरू समावेश छन् ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन्जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । भर्खरै लन्च भएको फ्ल्यागशिप–लेभल स्पेसिफिकेशन समावेश रेड्मी नोट १२ सिरिजले पनि अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भुत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शनको साथ हाम्रो यहि मूल दर्शनलाई झल्काउँछ ।”
पाँच हजार एम ए एच ब्याट्री जडित रेड्मी नोट १२ प्रो ५ जी लामो समयसम्म चल्छ । यो स्मार्टफोन ६७ डब्लुको चार्जिङ अडाप्टरको साथ उपलब्ध छ । साथै, यसमा भएको फ्ल्यागशिप ६७ टर्बो चार्जिङ सुविधाले १५ मिनेटमै दिनभरको लागि पावर ब्याकअप प्रदान गर्दछ ।
दैनिक आधारमा मूल्य र विश्वसनीयता प्रदान गर्दै आएको, रेड्मी नोट १२ मा ले एमएमटी टेक्नोलोजीको साथ 33W को फास्ट चार्जिङ रहेको छ जसले स्थिर र प्रभावकारी प्रक्रिया सुनिश्चित गर्दछ ।

रेड्मी नोट १२ प्रोमा 50MP ट्रिपल क्यामेरा सेटअप रहेको छ जसको मुख्य क्यामेरामा रहेको IMX766 सेन्सरले विशेष हाई–एन्ड फोन सुविधा प्रदान गर्दछ । यसको 1.0μm ठूलो पिक्सेल साइजको साथ प्रयोगकर्ताहरुलेसोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ । एसको साथै प्रभावशाली 50MP ट्रिपल क्यामेरा सेटअपको साथ रेड्मी नोट १२ ले हरेक परिदृश्य र सबै प्रकारको प्रकाशमा उत्कृष्ट तस्बिरहरू लिन्छ ।
रेड्मी नोट १२ को 4GB+128GB, 6GB+128GB, 8GB+128GB मा 1TB सम्म विस्तारयोग्य भण्डारण सहित तीन स्टोरेज भेरियन्टमा उपलब्द यो फोनको मूल्य क्रमश २२ हजार ९९९, २४ हजार ९९९ रुपैयाँ र २६ हजार ९९९ रुपैयाँ रहेको छ ।
रेड्मी नोट १२ प्रो ५जीको 6GB+128GB, 8GB+256GB गरि दुईस्टोरेज भेरियन्टमा उपलब्द यो फोनको मूल्य क्रमशः ३८ हजार ९९९ रुपैयाँ र ४१ हजार ९९९ रुपैयाँ रहेको छ । रेड्मी नोट १२, ३ अप्रिल, २०२३ देखि नेपालभरका सबै अधिकृत मि स्टोरहरू र शाओमीका अधिकृत रिटेलरहरूमा उपलब्ध हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया