एनएमबी बैंकको ऋणपत्रको बिक्री खुल्यो, वार्षिक १०.७५ प्रतिशत ब्याजदर

0
Shares

एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गरेकोे छ । बैंकले आजदेखि वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ नामक ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार मूल्य अंकित दरको ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने र बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने जानकारी बैंकले जनाएको छ ।

यस्तै, सर्वसाधारणमा बाँडफाँट गरिने ४० प्रतिशत ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरि सकिएको छ । सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा बिक्रीमा आएको बैंकले जानकारी दिएको छ ।

जारी ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्ताका देखि अधिकतम १६ लाख कित्तासम्म आवेन दिनसक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार  १२ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।