ऋण असुली न्यायाधिकरण कमलपोखरीले विभिन्न तीन वटा बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखी कर्जा प्रवाह भएको तीन स्थानमा रहेको सवा तीन करोड बढी मूल्यको घरजग्गा तथा सेयरको बिक्री खुला गरेको छ ।
न्यायीधिकरणले नबिल बैंक, कुमारी बैंक (साबिक देवः विकास बैंक) मा राखी प्रवाह भएको कर्जा असुली नभएपछि २ करोड ९९ लाख रुपैयाँ बराबरको घरजग्गा तथा बेष्ट फाइनान्स (साबिक जनरल फाइनान्स लिमिटेड) मा धितो सुरक्षण वापत राखिएको २४ लाख ५५ हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
तीनवटै बैंक तथा वित्तीय संस्थाको नाउँमा कर्जा सुरक्षण बापत धितोमा रहेको उल्लेखित जग्गा र सम्पत्ती जहाँ जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा लिलाम बिक्री गरिने उल्लेख छ । बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ र बंैक तथा वित्तीय संस्थाको ऋण असुली नियमावली, २०५९ तथा अन्य प्रचलित कानूनको अधीनमा तोकिएको शर्तहरु पालना गर्ने गराउने गरी सिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।
नबिल बैंकमा धितो सुरक्षण राखि कर्जा लिएको प्रतिवादी ओम शान्ती इन्टरनेशनल बिजनेश प्रालिको नाममा कर्जा प्रवाह भई जग्गाधनी रामचन्द्र राईको नाममा दर्ता कायम रहेको नुवाकोट जिल्ला, चौघडा गाविसमा रहेको घरजग्गा बिक्रीका लागि १५ दिनभित्र शिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।
उक्त घरजग्गाको न्यूनतम मूल्य एकमूष्ठ १ करोड ६९ लाख १२ लाख रुपैयाँ तोकिएको छ । जग्गाधनी रामचन्द्र राईको नाममा दर्ता कायम रहेको नुवाकोट जिल्ला, चौघडा गा.वि.स. वडा नं. ३ हालको पञ्चकन्या गाउँपालिका वडा नं. १ स्थित कि.नं. २, ३, ४०, ६७ ७२, ६९, २३५, ६०६ र ६११ को क्रमशः क्षेत्रफल ५–३–२–३, ०–११–०–० ० २–०–३, १२–२–३, १–०–०–१, ०–३–०–२,०–७–३–२, ४–१४–२–२ र ११–११–० २ जग्गा र सोमा रहेको घर समेत बिक्री गर्ने जनाएको छ । इच्छुक फर्म, कम्पनी वा महानुभावहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बोलपत्र पेश गर्न आव्हान गरिएको छ ।
यसैगरी साबिक देवः विकास बैंक लिमिटेड (हाल कुमारी बैंक) को कोशी शेर्पा व्याग प्रालिको नाममा प्रवाह भएको जग्गाधनी डिल्ली प्रसाद दाहाल र विष्णु प्रसाद पोखरेलको संयुक्त नाममा दर्ता कायम रहेको सिन्धुपाल्चोक जिल्ला, इर्खु वडा नम्बर ६ (हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८) मा रहेको स्थित कित्ता नम्बर ४५० को क्षेत्रफल ६-११-१-२ जग्गा बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरिएको छ । सो जग्गाको न्यूनतम मूल्य १ करोड ३० लाख २१ हजार रुपैयाँ तोकिएको छ । इच्छुक फर्म, कम्पनी वा महानुभावहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बोलपत्र पेश गर्न आव्हान गरिएको छ ।
यसैगरी जनरल फाइनान्स लिमिटेड (हाल वेस्ट फाइनान्स लिमिटेड) मा जगन खनालको नाममा प्रवाह भएको कर्जाका लागि धितो राखी राखिएको निरू राणा थापाको नाममा रहेको साविक प्रिमियर फाइनान्स लिमिटेडको ३९८४७ कित्ताको १००ः२८ को हुन आउने सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १११५७ कित्ता संस्थापक सेयर र पछि थपिन आएको बोनस ५६८६ कित्ता संस्थापक सेयर गरि जम्मा १६ हजार ८४३ कित्ता संस्थापक सेयरको मूल्यांकन मुचुल्काको आधारमा हुने एकमुष्ठ जम्मा न्यूनतम मूल्य २४ लाख ५५ हजार रुपैयाँको सेयर बिक्रीका लागि शिलबन्दी आह्वान गरिएको छ । उक्त सेयर लिलामीका लागि ७ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिएको छ ।
इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले कबुल गरेको अंकको १० (दश) प्रतिशत रकम धरौटी वापत कोष तथा लेखा नियन्त्रण कार्यालय, लैनचौर, काठमाडौंको भुक्तानी केन्द्र नं. ३ को नाउँमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, ठमेल शाखामा रहेको धरौटी खाता नं. ११००१००१०२०३०००० कार्यालय कोड नं. ३०५००३५०२ मा जम्मा गरी सोको सक्कलै भौचर बोलपत्र साथ पेश गर्नुपर्ने मंगलबारको गोरखापत्रमा जारी सूचनामा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया