अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?


नेपाल राष्ट्र बैंकले बुधबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४४ पैसा र बिक्री दर १३२ रुपैयाँ ०४ पैसा रहेको छ । मंगलबार पनि अमेरिकी डलर सोही भाउमा कारोबार भएको थियो ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८१ पैसा र बिक्री दर ८९ रुपैयाँ २२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १९ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ३१ पैसा र बिक्री दर १६५ रुपैयाँ ०६ पैसाका कारोबार भइरहेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ८३ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ९७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ०४ पैसा र बिक्री दर ३५ रुपैयाँ २० पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।