एनएमबि बैंकद्धारा जनकपुरधामको श्री जानकी आँखा अस्पताललाई आर्थिक सहयोग

0
Shares

एनएमबि बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जनकपुरधामको श्री जानकी आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि १ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी., नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार झा समेतको उपस्थिति रहेका थियो । साथै आँखा अस्पतालको तर्फबाट सभापति नरेश प्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन झा लगायत अन्य पधाधिकारीहरु समेतकोउपस्थिीती रहेको थियो ।

एनएमबि बैंक विगत २६ वर्ष देखि अनवरत ?पमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “‘बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिका द्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’ प्राप्तगरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ चैत २०७९, बुधबार  १७ : २३ बजे