प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने विषयमा समझदारी

0
Shares

प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेज बीच चैत्र २२ गते विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बुधबार एक कार्यक्रमबीच सेन्ट जेभियर्स कलेजमा भएको समझदारीपत्रमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिन थोमस एस. जे.ले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कलेजको व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने काम हुनेछ ।

सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पुँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधीक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको छ ।

उक्त कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजको तर्फबाट उप–प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख महप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।