चन्द्रागिरि हिल्सले नयाँ वर्षमा शेयरधनीलाई २५ प्रतिशतसम्म छुट दिने


चन्द्रागिरि हिल्स लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो ।

यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षकोे लागि लागू हुने छ ।

काठमाण्डौं उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तब्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तब्यको रुपमा रहेको छ । यसका साथै प्रत्येक भ्रमणमा शेयरधनीहरुलाई संध्याकालीन केवलकारको टिकट समेत प्रदान गरिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २३ चैत २०७९, बिहीबार  ११ : ५२ बजे