शुक्रबार कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?


नेपाल राष्ट्र बैंकले शुक्रबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४७ पैसा र बिक्री दर ८७ रुपैयाँ ८७ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

आज युरोको भाउ खरिद दर १४२ रुपैयाँ ५२ पैसा र बिक्री दर १४३ रुपैयाँ १८ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १६३ रुपैयाँ ६२ पैसाका कारोबार भइरहेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७२ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ८५ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८५ पैसा र बिक्री दर ३५ रुपैयाँ ०१ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।