प्रभु बैंकको साढे ६ लाख संस्थापक सेयर बिक्रीमा


प्रभु बैंकले संस्थापक समूहको ६ लाख ७७ हजार १०५ कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आम सर्वसाधरणले भने यस पटकको लिलामीमा खरिद आवेदन दिन पाउनेछैनन् । संस्थापक सेयरधनीबाट उक्त सेयर बिक्री नभएको खण्डमा सर्वसाधाणको लागि खुल्ला गरिने छ ।

सेयर खरिद गर्न चाहनेले आज (चैत २४ गते) देखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।

सेयर बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।