दुई दिनमा १ हजार रुपैयाँले घट्यो सुनको भाउ


सुनको भाउ चैत २४ गते शुक्रबार प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आजका लागि छापावाल सुन प्रतितोला १ लाख १० हजार  रुपैयाँ निर्धारण गरिएको छ ।

छापावाला सुन हिजो बिहीबार १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै शुक्रबार तेजाबी सुनको भाउ प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ खरिद बिक्री भएको छ । हिजो चाँदी १ हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा दैनिक रुपमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् । अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा मूल्य निर्धारण गरिने गरिन्छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७ दशमलव ७९ र चाँदी प्रतिऔंस २४.९७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।