आँखुखोला जलविद्युतले २० मेगावाटको आँखुखोला–२ आयोजनामा लगानी गर्ने

0
Shares

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गणेश हिमाल हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ मा लगानी गर्ने भएको छ ।

सञ्चालक समितिको बैठकबाट आँखुखोला जलविद्युत कम्पनीले आयोजनामा आवश्यक लगानीको स्रोत व्यवस्थापन गरी कम्तीमा ६० प्रतिशत लगानी गर्ने निर्णय भएको कम्पनी सचिव प्रभु तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार कम्पनी सञ्चालक समितिको चैत २३ गते बसेको बैठकले २० मे.वा क्षमताको आयोजनामा उक्त आयोजनामा ६० प्रतिशत लगानी गर्ने निर्णय गरेको हो । सो सम्बन्धमा आँखुखोला जलविद्युत कम्पनी र गणेश हिमाल हाइड्रोपावरबीच चैत २४ गते सम्झौतापत्रमा हस्ताक्षर समेत सम्पन्न भएको छ ।

यसअघि कमजोर वित्तीय अवस्था रहेको कम्पनीले पछिल्लो समयमा भने सुधार गर्दै लगेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले २ करोड ६६ लाख ५८ हजार पैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६६ पैसा कायम गरोको छ । अघिल्लो आवको अन्त्यमा कम्पनीको इपीएस ३ रुपैयाँ रहेको थियो ।

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले धादिङ्गमा रहेको ८.४० मेगावाट क्षमताको आँखुखोला हाइड्रोपावरबाट २०७० भदौ ८ गतेदेखि ब्यावसायीक रुपमा बिजुली उत्पादन गर्दै आइरहेको छ । २ अर्ब ४२ करोड लागत रहेको उक्त आयोजनाको प्रतिमेगावाट लागत २८ करोड ८९ लाख रहेको छ । उच्च लागतका कारण कम्पनीमा गरिएको साधारण लगानी फिर्ता हुन नै कम्तिमा ८.९१ वर्ष र डिक्सकाउन्ट लगानी फिर्ता हुने अवधि २४ वर्ष रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।