दुई कम्पनीको बोनस सेयर सुचीकृत

0
Shares

ङादी ग्रुप पावर लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । ङादी ग्रुप पावर र श्री इन्भेष्टमेन्ट फाइनान्स गरी दुई कम्पनीको गरी कुल १० लाख ६९ हजार ५६४ दशमलव २२५ कित्ता बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

ङादी ग्रुप पावरको चुक्ता पुँजीको ४.७५ प्रतिशत बराबरले हुन आउने ८ लाख ३९ हजार ४८२ दशमलव २२५ कित्ता बोनस र श्री इन्भेष्टमेन्ट फाइनान्सको चुक्ता पुँजीको २.४० प्रतिशत बराबरले हुन आउने २ लाख ३० हजार ८२ कित्ता बोनस सेयर सुचीकृत भएको हो ।

आइतबार सुचीकृत दुबै कम्पनीको बोनस सेयर अब साधारण सभाका लाग तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सम्वन्धित सेयरधनीहरुको हितग्राही खाता (डिम्याट) मा जम्मा भएपछि धितापत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।