सुनको भाउमा गिरावट कायमै, आजको भाउ कति ?


सुनको भाउमा गिरावट कायमै रहेको छ ।

चैत २२ गते १ लाख ११ हजारमा कारोबार भएको सुन  पछिल्लाे चार काराेबार दिनमा चैत २७ गतेसम्म आइपुग्दा १ हजार ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चैत २२ गते सुनले नयाँ रेकर्ड कायम गरेको थियो । 

आज सोमबार पनि सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो । छापावाला सुन हिजो आइतबार १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार सोमबार तेजाबी सुनको भाउ प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ खरिद बिक्री भएको छ । हिजो चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा दैनिक रुपमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् । अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा मूल्य निर्धारण गरिने गरिन्छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९ दशमलव ९३ र चाँदी प्रतिऔंस २४.७८ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।