टेस्लाले साङ्घाईमा ऊर्जा भण्डारण मेगा कारखाना निर्माण गर्ने

0
Shares

अमेरिकी कार निर्माता कम्पनी (टेस्ला इन्कर्पोरेसन) ले आइतबार साङ्घाईमा नयाँ मेगा फ्याक्ट्री निर्माण गर्ने घोषणा गरेको छ ।

फ्याक्ट्री कम्पनीको ऊर्जा भण्डारण उत्पादन मेगाप्याकको निर्माण गर्न समर्पित हुनेछ ।

टेस्लाका अधिकारीले साङ्घाईमा आयोजित परियोजनाको हस्ताक्षर समारोहमा भन, “नयाँ प्लान्टले वर्षको तेस्रो त्रैमासिकमा जमीनको जोहो गर्ने र २०२४ को दोस्रो त्रैमासिकमा उत्पादन सुरु गर्नेछ ।”

नयाँ कारखानाले सुरुमा प्रत्येक वर्ष १० हजार मेगाप्याक युनिट उत्पादन गर्नेछ, जुन प्रतिघण्टा लगभग ४० गिगावाट ऊर्जा भण्डारण बराबर हुनेछ । कम्पनीका उत्पादनहरू विश्वव्यापी रूपमा बिक्री गरिने सम्झौतामा उल्लेख छ ।

यो चीनको लिन–ग्याङ विशेष क्षेत्र (साङ्घाई) पाइलट फ्री ट्रेड जोनमा अवस्थित हुनेछ । कारखानाको अवतरणले १०० अर्ब युआन (१४.६ बिलियन अमेरिकी डलर) भन्दा बढीको अर्को औद्योगिक क्लस्टर सिर्जना गर्ने अपेक्षा गरिएको लिन–ग्याङ विशेष क्षेत्रका लु युले बताए ।

साङ्घाई नगर सरकारका उपमहासचिव झुआङ मुदीका अनुसार परियोजनाले नयाँ ऊर्जा–भण्डारण उद्योगको विकास र शाङ्घाईको हरित र कम–कार्बन रूपान्तरणलाई नियन्त्रण गर्न मद्दत गर्नेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।