ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

0
Shares

ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको चैत २६ गते सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको चुक्ता पुँजी ५१ करोड ९० लाख रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा १ अर्ब ९७ करोड २२ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १० लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।

अघिल्लो आव २०७७/७८ मा बैंकले लाभांश वितरण गरेको थिएन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।