मंगलबार कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?


नेपाल राष्ट्र बैंकले मंगलबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३० पैसा र बिक्री दर ८७ रुपैयाँ ७० पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

आज युरोको भाउ खरिद दर १४२ रुपैयाँ ७८ पैसा र बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७६ पैसा र बिक्री दर १६३ रुपैयाँ ५० पैसाका कारोबार भइरहेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ६७ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ८१ पैसा रहेको छ भने साउदी अरबियन रियल एकको खरिद दर ३४ रुपैयाँ ८९ पैसा र बिक्री दर ३५ रुपैयाँ ०५ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।