कुमारी बैंकको २ लाख कित्ता संस्थापक सेयरको बिक्री खुल्यो


कुमारी बैंकले २ लाख ३ हजार ०८७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनी राजन प्रसाद अमात्यको नाममा रहेको २ लाख कित्ता र टिकाराम सापकोटाको नाममा रहेको ३ हजार ८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आम सर्वसाधरणले भने यस पटकको लिलामीमा खरिद आवेदन दिन पाउनेछैनन् ।

सेयर खरिद गर्न चाहनेले चैत २८ गतेदेखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।

सेयर खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।