नेशनल माइक्रोफाइनान्सले ताेक्यो साधारण सभा र बुकक्लोजको मिति


नेशनल माइक्रोफाइनान्स लघुवित्तले साधारण सभा आह्वान गरेको छ ।

चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले बैशाख १५ गते सभा बोलाउने निर्णय लिएको हो ।

सभा बैशाख १५ गते शुक्रबार धादिङ्ग क्रिक रिसोर्ट, धादिङ्गबेशीमा बिहान ११ बजे बस्नेछ ।  सभाले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकमकोे बोनश शेयर जारि गरी संस्थाको चुक्ता पुँजी बढाउने विशेष प्रस्तावलाई पारित गर्ने छ ।

यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक बर्ष २०७८\७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण सहितको वित्तीय विवरणहरु, र वित्तीय संस्थाको आर्थिक बर्ष २०७९\८० को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

लघुवित्तले सभामा भाग लिन तथा शेयर लाभांश प्रयोजनको लागि बैशाख ४ गतेदेखि बैशाख १५ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार बैशाख ३ गतेसम्म मात्र शेयरधनीहरुले सभामा भाग लिन, मतदान गर्न र लाभांश प्राप्त गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।