एनआइसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


एनआइसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।

यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ २०८० वैशाख १ गते बुक क्लोज गर्ने भएकोले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन आजै सेयर खरिद गर्नुपर्नेछ ।

कम्पनीले वैशाख १० गते वार्षिक साधारण सभा डाकेको छ । चैत १६ गते बसेको सञ्चालक समितिको १०६ औं बैठकले वैशाख १० गते बिहान ९ बजे होटल गजुर, मोटेपुल धरानमा सभा गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई करसहित १४.७५५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

यस्तै सभाले २०७८\७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तिय विवरण माथि छलफल गरी पारित गर्ने छ । यस्तै सभाले २०७९\८० को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।