चिलिमे हाइड्रोको साधारण सभा आज, २५ प्रतिशत लाभांश पारित गर्ने

0
Shares

चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २५ प्रतिशत लाभांश मंसिर ११ गते अर्थात आज हुने साधारण सभाबाट पारित गर्दैछ।

कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले गत कार्तिक २७ गतेदेखि शेयर धनी दर्ता किताब बन्द गरेको छ। कार्तिक २६ गतेसम्म कायम कम्पनीका शेयरधनीले मात्र लाभांश पाउनेछन्।

चार अर्ब ७५ करोड ८१ लाख ३५ हजार चुक्ता पूँजी रहेको चिलिमेले ९५ करोड १६ लाख २७ हजार १५६ रुपैयाँ बराबरको बोनस तथा २३ करोड ७९ लाख ६ हजार ७८९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

बोनसपछि कम्पनीको चुक्ता पूँजी ९५ करोड १६ लाख थपिएर ५ अर्ब ७० करोड ९७ लाख पुग्नेछ । अघिल्लो वर्ष पनि कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।