रिचार्जरमा होलीको टीसर्ट १ रुपैयाँमा !

0
Shares

मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैयाँमा टीसर्ट उपलध् गराउने भएको छ। ब्राण्ड प्रवद्र्धनका साथै होली खेल्नेहरुलाई लक्षित गर्दै होलीको थिमयुक्त टीसर्ट १ रुपैंयामा उपलब्ध गराउने अफर रिचार्जर ले ल्याएको हो।

रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्मा रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्ने हुन्छ।

यसरी १ रुपैंयामा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २०० क्यास व्याकको प्रयोग गर्नु पर्ने हुन्छ। अर्थात २०० क्यास व्याक सहित १ रुपैंया भुक्तान गरेर टीसर्ट किन्न सकिन्छ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै १०० क्यास व्याक पाउने छन्। रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास व्याक पाइने छ। क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ।

नेपालीहरुको हरेक दिनलाई सहज बनाउनका लागि ल्याइएको रिचार्जर नेपालकै सबैभन्दा धेरै फंगसन अर्थात मल्टिफंगसनिगं एप हो। एउटै एपबाट सामान किन्नका साथै अरु विभिन्न किसिमका सेवाहरु पाउन सकिन्छ।

मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा डेढ दर्जन बैंकको इ बैंकिंग, इसेवा लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्ने व्यवस्था रिचार्जरले मिलाएको छ।

धेरै मूल्य पर्ने र सेवाग्राहीले एकै पटकमा रकम भुक्तान गर्न नसक्ने किसिमका उपकरण तथा ग्याजेट्सहरु रिचार्जरबाट शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिन्छ। विभिन्न १० वाणिज्य बैंकहरुसँगको सहकार्यमा रिचार्जरले यस्तो अफर सञ्चालन गरिरहेको छ।

‘लाइन हैन अनलाइन’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगल प्ले तथा एप्पल एप स्टोरमा गरी १ लाख ५० हजारभन्दा बढी डाउनलोड भैसकेको छ । नेपालमा चलन चल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दै रिचार्जरले सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ।

होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरु पनि तिर्न सकिने रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी आवश्यक सामान खरिद गर्दै समय र पैसाको बचत गर्न सकिन्छ।