एक लघुवित्तको सेयरमूल्य समायोजन

0
Shares

आइतबार एक लघुवित्तको बोनस सेयरमा सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्स (नेप्से) का अनुसार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरिएको हो ।

नेप्सेले लघुवित्तको वितरण गर्न प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर समायाेजनपछि प्रतिकित्ता १२४७ रुपैयाँ ८३ पैसा भाउ तोकेको छ । आइतबार लघुवित्तको सेयर १ हजार ४३५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

आइतबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो । अब बैशाख ४ सोमबार आज समायोजन भएको भाउलाई आधार मानेर लघुवित्तको सेयर कारोबार दोस्रो बजारमा खरिद बिक्री हुनेछ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैशाख ४ गते सोमबार बुकक्लोज गर्दैछ । बुकक्लोज अनुसार आज बैशाख ३ गतेसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तको चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले बैशाख १५ गते सभा बोलाउने निर्णय लिएको हो । सभाले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर जारी गरी संस्थाको चुक्ता पुँजी बढाउने विशेष प्रस्तावलाई पारित गर्ने छ । यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक बर्ष २०७८।७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु, र वित्तीय संस्थाको आर्थिक बर्ष २०७९।८० को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।