सोमबार अमेरिकी डलरको भाउ स्थिर, कुन मुद्राको भाउ कति ?


नेपाल राष्ट्र बैंकले सोमबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा रहेको छ । अमेरिकी डलरको भाउ आइतबार पनि यहि भाउमा कारोबार भएको थियो ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६७ पैसा र बिक्री दर ८८ रुपैयाँ ०७ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४१ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २२ पैसा र बिक्री दर १६२ रुपैयाँ ९७ पैसामा कारोबार भइरहेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६७ पैसा र बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।