पूर्वाधार निर्माण कार्यलाई व्यवस्थित गर्न काठमाण्डौं महानगरको आग्रह


काठमाण्डौं महानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरिने पूर्वाधार निर्माण वा मर्मत कार्यलाई व्यवस्थित गर्न आग्रह गरेको छ ।

महानगरपालिकाले आज सोमबार एक सूचना प्रकाशित गर्दै महानगरवासीहरूको स्वास्थ्य र आवजजावतलाई असर नपर्ने गरी काम गर्न आग्रह गरेको हो ।

सूचनामा सडक किनारमा निर्माण गरिने कुनै पनि भवनबाट सडकमा धूलो, निर्माण सामग्रीका टुक्रा सडकमानखस्ने प्रबन्ध गर्नुपर्ने, निजी भवन निर्माण गर्दा सडकपेटीमा असर नपर्ने गरी गर्नुपर्ने, सडक पेटीमा सामान राख्न नपाइने भनिएको छ ।

यस्तै सार्वजनिक निकायले सड़क, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा निर्माणाधीन स्थलमा संकेत सहित छेकवार लगाउनुपर्ने र मर्मत कार्य सम्पन्न भए पश्चात् त्यस्तो क्षेत्रको पूर्ण सरसफाइ गनुपर्ने भनिएको छ । यस्तै महानगरले सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत कार्य सकेसम्म रातिको ८ बजेपछि मात्र गर्न\गराउन प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

महानगरले नियमको उल्लङ्घन गर्ने संस्था, व्यवसायी वा व्यक्तिलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८ वातावरण संरक्षण ऐन २०७६ समेतका आधारमा ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेसमेत चेतावनी दिएको छ ।

No description available.

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।