एक तोला सुन किन्न १ लाख १० हजार खर्चिनुपर्ने


एक तोला सुन किन्न १ लाख १० हजार खर्चिनुपर्ने भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ १ लाख १० हजारमा कारोबार भइरहेको छ । सुनको भाउ हिजो आइतबार पनि सोही भाउमा कारोबार भइरहेको थियो ।

चैत २२ गते छापावाला सुन इतिहासकै उच्च बिन्दुमा पुगेको थियो । २२ गते सुन १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको तेजावी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यता आइतबार सोमबार तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ४.३४ र चाँदी प्रतिऔंस २५.३३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।