मंगलबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?


मंगलबार छापावाला सुनको भाउ स्थिर छ । सोमबार पनि सुनको भाउ स्थिर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन १ लाख १० हजारमा कारोबार भइरहेको छ । सुनको भाउ हिजो सोमबार र आइतबार पनि सोही भाउमा कारोबार भइरहेको थियो ।

यस्तै सोमबार १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको तेजावी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यता सोमबार तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी आज भने १५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९९.९९ र चाँदी प्रतिऔंस २५.०५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।