यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले बुधबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । 

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २६ पैसा र बिक्री दर ८८ रुपैयाँ ६७ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३२ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ८६ पैसा र बिक्री दर १६३ रुपैयाँ ६१ पैसामा कारोबार भइरहेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।