नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७५० रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य मंगलबारको तुलनामा आज प्रतितोला १० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला एक हजार ४३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ४४५ रुपैयाँ तोकिएको हो ।
अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ३ दशमलव ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया