एनएमबि बैंकद्वारा नेपालको पहिलो हेजिङ्ग कारोबार सम्पन्न


एनएमबि बैंकले द करेन्सी एक्चेन्ज फाउन्ड (टीसीएक्स) र एमएफएक्स करेन्सी रिक्स सलुसनको सहकार्यमा पहिलो हेजिङ्ग कारोबार सम्पन्न गरेको छ ।

बैंकले ८ मिलियन अमेरिकी डलर बराबरको रकम सफलतापुर्वक हेजिङ्ग कारोवार गरी नेपालकै पहिलो हेजिङ्ग कारोवार सम्पन्न गर्ने नेपालको अग्रणी बाणीज्य बैंक बनेको हो ।

हेजिङ्ग कारोवार गर्नका लागी द करेन्सी एक्चेन्ज फाउन्ड (टीसीएक्स) र एमएफएक्स करेन्सी रिक्स सलुसनले सहयोग गरेका थिए । हेजिङ्ग कारोवारले बैंकको वित्तीय संयन्त्र विकाश र प्रयोग प्रतिको प्रतिबद्धता दर्शाएको छ । यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ्ग कारोवारले देश भरी स्थिरता र सुनिश्चितताका साथ वित्तीय कारोवार गर्नका लागी मार्ग प्रसस्त गरेको छ र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोवार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्ने कुरामा एनएमबि बैंक विश्वस्त रहेको छ ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।