नेपाल राष्ट्र बैंकले बिहीबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज बिहीबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । हिजो बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको थियो ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९१ पैसा र बिक्री दर ८८ रुपैयाँ ३१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७९ पैसा र बिक्री दर १६३ रुपैयाँ ५४ पैसामा कारोबार भइरहेको छ ।
यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ५५ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ६९ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ र बिक्री दर ३५ रुपैयाँ १६ पैसा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया