सुनको भाउमा प्रतितोला ५ सय रुपैयाँले गिरावट, चाँदी स्थिर


नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९ दशमलव ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने प्रतिऔँस २५ दशमलव १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।