माबिलुङ्गग इनर्जीले १९ करोड बराबरको आईपीओ जारी गर्ने

0
Shares

माबिलुङ्गग इनर्जी लिमिटेडले सर्वसाधारणमा १९ करोड बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरका १८ करोड ९० लाख ५४ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५४० कित्ता सेयर जारी गर्ने भएको हो ।

जसका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र माबिलुङ्गग इनर्जीकोे तर्फबाट संञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरे ।

माबिलुङ्गग इनर्जीले संखुवासभा जिल्लाको चैनपुर मादि नगरपालिकामा रहेको ४ं.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलबिद्युत आयोजना निर्माणाधिन ५० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।