शुक्रबार अमेरिकी डलरको भाउ घट्दा युरो बढ्यो


नेपाल राष्ट्र बैंकले शुक्रबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज शुक्रबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ १४ पैसा र बिक्री दर १३१ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो बिहीबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको थियो ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ३० पैसा र बिक्री दर ८८ रुपैयाँ ७१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । अष्ट्रेलियन डलर बिहीबार एकको खरिद दर ८७ रुपैयाँ ९१ पैसा र बिक्री दर ८८ रुपैयाँ ३१ पैसा रहेको थियो ।

यस्तै आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ४९ पैसा र बिक्री दर १४४ रुपैयाँ ५५ पैसा रहेको छ । बिहीबार युरोको भाउ खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ ५४ पैसा रहेको थियो । यता बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १५ पैसा र बिक्री दर १६३ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ५५ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ६९ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९७ पैसा र बिक्री दर ३५ रुपैयाँ १३ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।