नेपाली सेनामा ४ हजार ५ सयको आवेदन माग


नेपाली सेनाले चार हजार ५०० जना जनशक्ति माग गरेको छ ।

शुक्रबार सूचना प्रकाशन गरी सेनाले सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोट पटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यू भएका नेपाली सैनिकका सन्तती, खुला,  महिला, आदिवासी जनजाति, मधेशी ,  दलित, पिछडिएको क्षेत्र गरी ४५०० सैन्य कर्मचारी माग गरेको हो ।

जसमा सैन्य परिवार तर्फबाट २२५, खुलातर्फ २ हजार ३५१, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जना छुट्याइएको छ।

सबैभन्दा धेरै चार जिल्ला (काठमाण्डौं, सुर्खेत, कास्की र बुटवल)बाट ३५० जना माग गरिएको छ । इच्छुक आवेदकले आज बैशाख ८ गतेदेखि जेठ ७ गतेसम्म आवेदन दिन सक्ने छन् । भने दोब्बर दस्तुरमा जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सैन्य पदको लागी कक्षा ८ उतिर्ण गरेको तथा १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनु पर्ने छ । एसएलसी वा १२ पास गरेकाले पनि अनिवार्य रुपमा कक्षा ८ को प्रमाण पत्र पेश गर्नु पर्ने छ । दरखास्त दिँदा १५० रुपैयाँ तथा सोही विज्ञापनमा एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहको लागि २० प्रतिशत का दरले थप दस्तुर लाग्नेछ ।

कार्य रथी विभाग जङ्गी अड्डाले अनलाइन मार्फत फारम भर्न सक्ने व्यवस्था मिलाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।