सामान्य बढ्यो सुनको भाउ, चाँदी स्थिर


नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २५० रुपैयामा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार एक हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी २५ दशमलव १८ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।