सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ को इकाईमा आवेदन दिने आज अन्तिम दिन


सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्कीम–३ को इकाईमा मा आवेदन दिने आज अन्तिम दिन हो ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले चैत २६ गते आइतबारदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्कीम–३ को एक अर्ब २० करोडको आकारको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले कुल १२ करोड इकाईको बिक्री खुला गरेको थियो ।

कुल निष्काशित इकाइ मध्ये १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरि बाँकी रहेको १० करोड २० लाख इकाईका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको छ ।

लगानीकर्ताले आज चैत १० गते कार्यालय सामायावधिसम्म न्यूनतम १०० इकाईका देखि अधिकतम १ करोड २० लाख इकाई खरिदका लागि आवेदन दिन सक्नेछन्। सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो एक बन्दमुखी योजना हो । योजनाको अवधिमा दश वर्षको रहेको छ । सिद्धार्थका हाल दोस्रो बजारमा दुई वटा बन्दमुखी योजनाहरु सिद्धार्थ इक्वीटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ तथा एउटा खुलामुखी योजना सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम सञ्चालनमा रहेको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालित भएर सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–१ र सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको अवधि समाप्त भई परिपक्क समेत भैसकेको छ ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयरको वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् ।

म्युचुअल फण्ड निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी ३ प्लस (एएमसी ३ प्लस) रेटिङ्ग प्रदान गरेको छ। यसले क्यापिटलको व्यवस्थापन गुणता पर्याप्त मात्रमा आश्वस्थ हुन सकिने संकेत गर्दछ । त्यसैगरी, कोष प्रबद्र्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।