माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा


माछापुच्छ्रे बैंकले ४५ हजार २१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले जिसस थापाको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयर खरिद र बिक्री गर्दा बिद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकोले संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिएको छ ।

संस्थापकहरु सेयरधनीहरुबाट उक्त सेयर खरिद बिक्री हुन नसकेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ । इच्छुक संस्थापक समूह अन्तर्गतका कुनै पनि शेयरधनीले सेयर खरिदका लागि आज चैत १० गतेदेखि ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारा स्थित बाघ दरबार जेडिए कम्प्लेक्समा सम्पर्क गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।