तीन हजार घुस माग्ने यातायातका शाखा अधिकृत र २५ हजार घुस खाने वडा सचिव अख्तियारको फन्दामा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन हजार घुस लिएको आरोपमा यातायात व्यवस्था कार्यालय गुर्जुधारा काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराई सहित ५ जना विरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयागले घुस रकम लिने शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र घुस दिने किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार के.सी. खड्का र सुरेश छुस्याकी विरुद्ध आरोप पत्र दायर गरेहको हो ।

मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भनी तीन हजार घुस रकम लिएको अख्तियारको भनाई छ।

शाखा अधिकृत शुक्रप्रसाद भट्टराईले मोटरसाइकल नामसारी गर्ने प्रयोजनका लागि सनाखत गरि दिएबापत रिकन्डिसन हाउसको सम्पर्क कार्यालयमा गई विभिन्न प्रतिनिधिहरुमार्फत तीन हजार घुस लिएको पुष्टि भएपछि आरोप पत्र दायर गरेको हाो ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय गरी माग गरी बरामद भएको घुस रकम जफत गरेको छ ।

त्यस्तै अख्तियारले सेवाग्राहीसँग घुस माग्ने गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिव (खरिदार) दिनेश बास्कोटाका विरुद्ध पनि आरोप पत्र जाहेर गरेको छ ।सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको अख्तियारको भनाई छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज वडा सचिव दिनेश बास्कोटालाई पच्चीस हजार घुस रकम सहित पक्राउ गरेको थियो ।