सोह्र हजार ७४० जना बने सिटी होटलको सेयरधनी

0
Shares

सिटी होटलको साधारण सेयर (आईपीओ) बैशाख १२ गते मंगलबार बाँडफाँड भएको छ । होटलले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको हो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान ९ बजे भएको बाँडफाँडमा १६ हजार ७४० जना लगानीकर्ताले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर प्राप्त गरेका हुन् ।

कम्पनीले २०७९ चैत २१ गतेदेखि २०८० बैशाख ५ गतेसम्म १ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गरेको थियो ।

सिटी होटलको आईपीओ नतिजा कसरी हेर्ने ?

होटलको सेयर खरिदका लागि कुल १९ हजार ७४८ आवेदनबाट कुल ५ करोड ६८ लाख ९ हजार रुपैयाँ बराबरको ५ लाख ६८ हजार ९० कित्ताका लागि आवेदन परेको थियो । सोमध्ये १९ हजार ७३९ आवेदनबाट परेको ५ लाख ६७ हजार ९७० कित्ताको माग स्वीकृत भएको थियो भने ९ वटा आवेदनबाट माग भएको १२० कित्ता रद्द भएको छ । स्वीकृत आवेदनमध्ये धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम १६ हजार ७४० आवेदकले १० कित्ताका दरले होटलको सेयर प्राप्त गरेका हुन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।